Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंक दोस्रो पटक “बेष्ट बैंक अवार्ड” बाट सम्मानित



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो पटक “ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड” बाट सम्मानित भएको छ। सन् २०२५ का लागि ग्लोबल फाइनान्स म्यागाजिनले बैंकलाई “नेपालको उत्कृष्ट बैंक” को रूपमा छनोट गरेको हो। बैंकले यसअघि सन् २०२४ मा पनि सोही अवार्ड प्राप्त गरेको थियो।

ग्लोबल फाइनान्सले बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक साझेदारी, ग्राहकमैत्री सेवा, र क्रेडिट रेटिङ जस्ता मापदण्डको मूल्याङ्कन गरी अवार्ड प्रदान गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सम्मानप्रति खुसी व्यक्त गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, शेयरधनी, कर्मचारी र ग्राहकहरूलाई धन्यवाद ज्ञापन गरे। उनले यो सम्मानले बैंकलाई अझ प्रभावकारी सेवा प्रवाह गर्न प्रेरणा दिएको बताए।

ग्लोबल फाइनान्सले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, ल्याटिन अमेरिका, युरोप, अमेरिका लगायतका क्षेत्रका उत्कृष्ट बैंकहरूलाई अवार्ड प्रदान गर्दै आएको छ। यसपटक एचएसबीसी (हङकङ), स्टेट बैंक अफ इन्डिया (भारत), चाइना कन्स्ट्रक्सन बैंक (चीन), यूओबी मलेशिया (मलेशिया), सिटी बैंक (बङ्लादेश), एसएमबीसी (जापान) लगायतका बैंकहरू समेत विभिन्न विधामा सम्मानित भएका छन्।

ग्लोबल आइएमई बैंक यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो।

यसअघि पनि बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका अवार्ड प्राप्त गरिसकेको छ।

हाल बैंकले देशभर ३५२ शाखा, ३८५ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

बैंकले नेपालभित्र बैंकिङ सेवा विस्तारसँगै अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १२ : ३६ बजे