Logo

मुख्य समाचार

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार



काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरुको उद्धार गरिएको छ ।

नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उद्धारको कार्य निरन्तर जारी रहेको जनाएको छ ।

रसुवागढीमा दुई देश जोड्ने मितेरी पुल बगाएको बगाउँदा व्यापारिक सम्बन्ध विच्छेद भएको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ नागरिकसहित कम्तीमा १८ जना बेपत्ता छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : १० बजे