Logo

Breaking News 1

दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची



काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे सार्वजनिक लेखा समितिको बैठक कक्षमा सिंहदरबारमा बस्दै छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक– २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ५१ बजे