Logo

मुख्य समाचार

१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद



रौतहट । पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१ बाट अवैध रुपले भण्डारण गरी राखिएको करीब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो ।

छपकैया र नदिया टोलका विभिन्न घरहरूमा लुकाइ राखिएको अवस्थामा लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहले बताए ।

तस्कर समूहले भन्सार छल्दै कपडाहरू लुकाएर राखेको विशेष सूचनाको आधारमा छापामारी गरिएको उनको भनाइ छ । भारतबाट तस्करी गरी ल्याइ स्थानीय घरमा लुकाइ राखिएको पाइएकाले बरामद गरिएको उनले प्रष्ट पारे ।

बरामद गरिएका सबै कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : १४ बजे