Logo

मुख्य समाचार

राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणको माग गर्दै कांग्रेसले बुझायो स्मरण पत्र



जनकपुर । नेपाली काँग्रेस धनुषाले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माण प्रक्रिया अबिलम्ब अगाडि बढाउन माग गर्दै विश्वविद्यालयका उपकुलपतिलाई स्मरणपत्र बुझाएको छ ।

सोमबार (आज) नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियार नेतृत्वको टोलीले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाउन माग गर्दै विश्वविद्यालयका उपकुलपति अमर यादवलाई स्मरणपत्र बुझाएका छन् ।

विश्वविद्यालयको प्रशासनिक भवन निर्माणका लागि गुठी संस्थान प्रधान कार्यालय काठमान्डौ र राजर्षि विश्वविद्यालयबीच २०८२ चैत्र १८ गत्ते भएको सम्झौता अनसरा धनुषाको नगराईन नगरपालिका वडा नं. ४ फुलगामास्थित मनियारीमा मुख्य प्रशासनिक भवन निर्माण गर्न वार्षिक ५ लाखको दरले सम्झौता भएकोमा सरकारबाट आवश्यक बजेट निकासा भइसकेको खण्डमा पनि आर्थिक वर्ष बित्न लाग्दा पनि निर्माण कार्य सुरु नभएको भन्दै निर्माण कार्य अगाडि बढाउन स्मरण पत्र बुझाएको स्मरण पत्रमा उल्लेख रहेको छ ।

स्मरण पत्र बुझाउन पुगेका नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य रामसरोज यादवले निर्माण कार्य अगाडि नबढे आफूहरु सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

यता विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा.अमर प्रसाद यादवले विश्वविद्यालय अनुदान आयोगमा डीपीआर पठाएर अनुमति माग्दा त्याहाँबाट अहिले काम नगर्नु भन्ने आदेश आएको कारणले काम रुकेको जानकारी दिए । उनले आफूहरु पनि जतिसक्दो छिटो निर्माण सुरु होस भन्ने प्रयासमा रहेको बताए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ५४ बजे