हेटौंडा । एसीसीए र नेशनल काउन्सिल अफ एकाउन्टेन्ट्स (एनसीए) को आर्थिक सहयोगमा हेटौंडामा एक दिने अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिङ मानक‘आएफआरएस’ सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
सामाना होटल, हेटौंडामा आयोजित उक्त कार्यक्रमको उदघाटन गर्दै मधेश विश्वविद्यालयका प्रमुख डा.दीपक शाक्यले आधुनिक वित्तीय प्रणाली र अन्तर्राष्ट्रिय रिपोर्टिङ मानकको प्रयोगले संस्थागत पारदर्शिता र आर्थिक विश्वसनीयता बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गरेका सुरेश पण्डितले वित्तीय विवरणहरूलाई अन्तर्राष्ट्रिय स्तरमा तुलनात्मक र पारदर्शी बनाउने भएकाले यसको अभ्यासले संस्थाहरूको दीर्घकालीन विकासमा सघाउ पुग्ने बताए।
चेतना र दक्षता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई विस्तार गर्नुपर्नेमा सबैले जोड दिए ।
प्रशिक्षण कार्यक्रममा अनुभवी वित्तीय विशेषज्ञ तथा दक्ष प्रशिक्षकहरूले सहभागीहरूलाई मूलभूत अवधारणा, यसको प्रयोग विधि, नेपालको सन्दर्भमा यसको व्यवहारिकता र कार्यान्वयनका चुनौतीबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका लेखापाल, वित्तीय व्यवस्थापक, एकाउन्टिङ पेशासँग आवद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया