ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् ।
बिहीबार ललितपुरमा लागु औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित लागु औषध दुव्र्यसनरहित घर अभियान कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिकाले धेरै कामहरु नेपाल प्रहरीको सहकार्यमा भएको र सबै सफल भएको बताएका हुन् ।
‘ललितपुर महानगरपालिकाले नेपाल प्रहरीसँग साझेदारी गरेका काम एकदमै सफल भएको छ । हामीले गरेका काममा नेपाल प्रहरीको धेरै सहयोग छ । यसका निम्ति म सम्पूर्ण प्रहरीहरुमा धन्यबाद,’ उनले भने ।
उनले ललितपुर महानगरपालिकामा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरीहरु रहेको भन्दै नेपाल प्रहरीको अभियानमा सामेल गराउन आग्रह समेत गरे ।
‘ललितपुर महानगरपालिकामा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरीहरु छन् । नगर प्रहरी प्रमुख निकै ख्यातिप्राप्त हुनुहुन्छ । उहाँकै कमाण्डमा १२५ जना नगर प्रहरीहरु छन् । उहाँले यो अभियान साथै लैजानु हुनेछ । नेपाल प्रहरीसँग रहेको अनुभव नगर प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरे,’ उनले भने ।
यस्तै, प्रहरी महानिरीक्षक दिपक थापाले लागु औषध दुव्र्यसनरहित घर अभियान लागु औषध दुरुपयोग एवम् ओसारपसार न्यूनीकरणका लागि कोषेढुङ्गा सावित हुने बताए ।
प्रतिक्रिया