काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन्।
नेपाल बुधबार विशेष अदालतको इजलास नम्बर २ मा आफ्ना कानुनी सल्लाहकारहरूको साथमा उपस्थित भएका हुन्। न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा अहिले उनको बयान चलिरहेको छ।
अख्तियारले काभ्रेपलाञ्चोकस्थित पतञ्जली योगपीठको नाममा खरिद गरिएको सरकारी जग्गा सम्बन्धी प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचारको आरोपसहित मुद्दा दायर गरेको हो।
नेपालनिकट स्रोतका अनुसार बयान कार्यवाही सुरू भइसकेको छ। बयान सकिएपछि थुनछेक बहस अघि बढाइने विशेष अदालतले जनाएको छ। [File Photo]
प्रतिक्रिया