काठमाडौं । इजरायलमा जारी द्वन्द्वको बीच नेपाल फर्कन चाहने नेपालीको संख्या बढ्दै गएको छ। हालसम्म ९५० भन्दा बढी नेपालीले स्वदेश फर्किन नाम दर्ता गराइसकेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने तयारीस्वरूप अनलाइनमार्फत नाम दर्ता गर्ने व्यवस्था गरिएको छ। उक्त सूचनाअनुसार हालसम्म ९५० जनाले उद्धारको लागि नाम टिपाएका हुन्।
इजरायल र इरानबीचको पछिल्लो तनावका कारण त्यहाँ बसोबास गरिरहेका नेपालीहरू त्रसित भएका छन्। यसैबीच, इरानमा रहेका १६ नेपालीमध्ये दुई जना मशहदबाट नयाँदिल्ली हुँदै नेपाल फर्किन मार्गमा रहेका छन्। बाँकी १४ नेपालीको उद्धारका लागि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत दूतावासले जनाएको छ।
सरकारले सुरक्षालाई प्राथमिकतामा राख्दै स्वदेश फर्कन इच्छुक नागरिकको समन्वय र व्यवस्थापन गरिरहेको छ।
प्रतिक्रिया