एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामका लागि पूर्ण सहमत भएको बताएका छन् ।
उनले इजरायल र इरान शान्तिको माग गर्दै एकैसाथ आफूकहाँ आएको दाबी समेत गरेका छन् । दुवै देशले युद्ध अन्त्यका लागि आफूसँग अनुरोध गरेको दाबी उनले गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत दुवै देश इजरायल र इरानलाई ‘१२ दिने युद्ध’ समाप्त गर्न भन्दै बधाई दिएका छन् ।
उनले भने, ‘सबैलाई बधाई ! इजरायल र इरानबीच पूर्ण सहमति भएको छ । १२ घण्टाको लागि पूर्ण युद्धविराम हुनेछ ।
अबदेखि लगभग ६ घण्टामा इजरायल र इरानले आफ्नो अन्तिम अभियानहरू पूरा गर्ने उल्लेख गरेका छन् । जसलाई युद्ध समाप्त भएको मानिनेछ । आधिकारिक रूपमा, इरानले युद्धविराम सुरु गर्नेछ र १२ औं घण्टामा, इजरायलले युद्धविराम सुरु गर्नेछ । र २४ औं घण्टामा, १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले अभिवादन गर्नेछ ।’
प्रत्येक युद्धविरामको समयमा अर्को पक्ष शान्तिपूर्ण र सम्मानजनक रहनेछ । यस्तै, उनले यो युद्ध वर्षौंसम्म चलेर सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने भन्दै रोकिएकोमा खुशी व्यक्ति गरेका छन् ।
प्रतिक्रिया