Logo

कर्पोरेट

नागरिक लगानी कोषले हिमालयन बैंकको एफपिओ प्रत्याभूति गर्ने



काठमाडौँ । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ।

आइतबार सम्पन्न सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार कोषले बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको पूर्ण रूपमा प्रत्याभूति गर्नेछ।

प्रत्याभूति सम्झौताले तीन महिनासम्मको समयसीमा कभर गर्ने कोषले जनाएको छ।

यस सम्झौतासँगै एफपिओ प्रक्रियामा कोषको प्रत्याभूति महत्वपूर्ण आधारका रूपमा रहनेछ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ३० बजे