Logo

समाचार

विपिन जोशीको रिहाइका लागि प्रयास जारी : परराष्ट्रमन्त्री देउवा



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेको भनिएको नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट बहुपक्षीय प्रयास भइरहेको जानकारी दिएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र आफूले समेत विपिन जोशीको रिहाइका लागि सम्बन्धित मुलुकहरूसँग उच्चस्तरीय पहल गरेको बताइन्।

“मैले व्यक्तिगत रूपमा पनि कतार र संयुक्त अरब इमिरेट्स (यूएई) का मन्त्रीहरूसँग भेट गरेर अनुरोध गरेकी छु,” उनले भनिन्, “यसका अतिरिक्त लेखमार्फत पनि अनुरोध गरिएको छ।”

हाल विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी नभएको मन्त्री देउवाले स्वीकार गरिन्। “दुई जना विदेशी हराइरहेको जानकारी प्राप्त भएको थियो,” उनले भनिन्, “विपिन जोशी सकुशल नेपाल फर्किने आशा राखौँ।”

गत वर्ष इजरायलमा हमासको आक्रमणपछिको झडपमा जोशी सम्पर्कविहीन बनेका थिए। उनी हाल हमासको नियन्त्रणमा रहेको आशंका गरिएको छ। नेपाल सरकारले जोशीको अवस्थाबारे यथाशीघ्र जानकारी पाउन प्रयासरत रहेको बताइएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ११ बजे