Logo

समाचार

कुटपिट गरी हत्या गर्ने चार जना पक्राउ



काठमाडौँ । कुटपिट गरेर हत्या गरेका आरोपमा चार जना पक्राउ परेका छन्। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित तुसाल भन्ने स्थानमा कुटपिटबाट विक्रम लामा नामका युवकको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा चार जना युवाहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले नियन्त्रणमा लिएको हो।

मृतक विक्रम लामालाई २०८२ असार ६ गते राति तुसालस्थित घटनास्थलमा निर्घात कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न व्यक्तिहरुलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर घर भई हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका बस्दै आएका २३ वर्षीय कृष्ण तामाङ, निजगढ नगरपालिका वडा नं. ७ का १९ वर्षीय सुनिल लामा, बुढानिलकण्ठ वडा नं. ५ का १८ वर्षीय सोनिया क्षेत्री, र मकवानपुरको ककेको गाउँपालिका वडा नं. २ का २२ वर्षीय निशान जिमा रहेका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ३८ बजे