Logo

समाचार

विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भए यसको प्रभावकारिता झन् बढ्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय अन्तरगत राखेर आवश्यक ऐन र नियमावलीको व्यवस्था गर्ने हो भने यसले प्रभावकारी बढ्ने बताए ।

उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भयो र यसमा कमी रहेको ऐन र नियमावलीको व्यवस्था भयो भने मात्र यसले प्रभावकारी काम गर्न सक्छ भन्ने जुन सुझाव आएको छ त्यो सही हो । मेरो आफ्नै अनुभवले पनि त्यो सही हो भन्ने लागेको छ । यस विषयको संवेदनशिलता र प्राप्त सुझावका आधारमा सरकारको ध्यानाकर्षण पनि गराउने छु र यसले केही न केही प्रत्यक्ष असर गर्ने नै छ ।’

यस्तै, उनले मनसुनको ठूलो खतरा आउने अनुमान भएको हुनाले यसको तयारीलाई तिव्रता दिनको लागि सबै सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ संगठन, संघ संस्थाहरु क्रियाशील हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ५१ बजे