Logo

मुख्य समाचार

उच्च अदालतको आदेश : पाठकलाई अनुसन्धानका लागि पनि पक्राउ नगर्नु



काठमाडौं । उच्च अदालत पाटनले पत्रकार पाठकविरुद्ध परेको जाहेरीका आधारमा पक्राउ गर्ने अवस्था नरहेको ठहर गर्दै पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।

सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको हो। अदालतले पाठकले सम्प्रेषण गरेको सामग्रीबाट कुनै आपराधिक कसूर भएको भन्ने अवस्था स्थापित नभएको ठहर गर्दै अनुसन्धानको नाममा समेत पक्राउ नगर्न स्पष्ट पारेको छ।

“सम्प्रेषित सामग्रीबाट कसूर भएको भनी जाहेरी दिइएको भए तापनि निजलाई अनुसन्धान गर्नपर्ने अवस्था देखिएको छैन,” आदेशमा उल्लेख छ, “यसकारण मुद्दाको अन्तिम किनारा नभएसम्म निजलाई पक्राउ नगर्नू।”

पाठकले आफूविरुद्ध अनाधिकृत रूपमा पक्राउ गर्ने प्रयास भइरहेको दाबी गर्दै निषेधाज्ञा निवेदन दायर गरेका थिए। अदालतले यस विषयमा थप छलफलका लागि दुबै पक्षलाई असार १२ गते पुनः उपस्थित गराउने तयारी गरेको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ६ : २० बजे