Logo

मुख्य समाचार

बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल




काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का र कांग्रेस महामन्त्री गगन थापा सहभागी थिए।

स्रोतका अनुसार, बैठकमा पछिल्लो समसामयिक राजनीतिक अवस्थासहित सरकार सञ्चालन, बजेट कार्यान्वयन, र सत्तारुढ गठबन्धनको समन्वय लगायतका विषयमा छलफल भएको छ।

छलफलले सत्ता साझेदारी, नीति तथा कार्यक्रमको कार्यान्वयन र आगामी राजनीतिक कदमबारे सहमति खोज्ने उद्देश्य लिएको जनाइएको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ४७ बजे