Logo

मुख्य समाचार

सभामुख र (रास्वपा)का कार्यवाहक सभापति अर्याल र प्रमुख सचेतक परियारसँग भेट



काठमाडौं ।  सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गरेका छन् ।

सभामुख घिमिरेले सोमबार  बिहान सरकारी निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग एक घण्टा गरेका  भेट छन्  ।

भेटमा उनले संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए । उनले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेका कारण दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको समेत बताएका छन् ।

उनले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको कारण बजेट पारित गर्नै पर्ने भएकाले आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नपर्ने बताए । उनले सरकारसँग संवादका लागि आवश्यक सहजीकरण गर्नुपर्ने प्रति गम्भीर भएर लाग्नुपर्ने बताए ।

भेटमा सभामुखले भने ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ ।’

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ०६ बजे