Logo

Breaking News 1

अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज



एजेन्सी । युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिदैछ । पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ ।

युरोपको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाहहरू मध्ये एक मानिएको यो बन्दरगाहले लाखौं टन कार्गो ह्यान्डल गर्न र प्रत्येक वर्ष लाखौं क्रूज जहाज यात्रुहरूलाई स्वागत गर्नेछ ।

सन् २०२७ सम्ममा सञ्चालनमा आउने तयारीमा रहेको यो बन्दरगाहले बार्सिलोनाको अटोमोटिभ हबको रूपमा थप विकसित गराउने लक्ष्य लिएको छ ।

७५ मिलियन अमेरिकी डलरको यो योजना सम्पन्न भए समुद्री, रेल र सडक मार्गहरू जोड्दै, चिनियाँ कार निर्माताहरूलाई दक्षिणी र मध्य युरोपमा सीधा सम्पर्क विस्तार गर्नेछ ।

१० हजार सवारी साधनको क्षमता भएको यो योजना सम्पन्न भए यसले २०२८ सम्ममा प्रति वर्ष लगभग १८० हजार कारहरू आदनप्रदान गर्ने र जसमध्ये धेरैजसो चिनियाँ ईभी कम्पनीहरू यसमा सक्रिय हुनेछन् ।

२०२३ मा, बार्सिलोना बन्दरगाहले लगभग आठलाख कारहरू आयात गरेको थियो । र चाँडै नै नयाँ अत्याधुनिक टर्मिनल निर्माण सम्पन्न भएपछि स्पेन र युरोपको हरित क्रान्तिलाई गति दिन मद्दत गर्ने अनुमान छ ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  १ : ५३ बजे