काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा १० जना कर्मचारीलाई सम्मान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा कम्पनीमा १० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको हो।
सम्मानित कर्मचारीहरू कम्पनीको केन्द्रीय कार्यालय, शाखा तथा उपशाखामा कार्यरत रहेका छन्। उनीहरूलाई सम्मानपत्र र खादा प्रदान गरिएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दीर्घकालीन सेवाका लागि कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको भन्दै यस्तो सम्मानले उनीहरूलाई भविष्यका लागि थप प्रेरणा मिल्ने बताए। कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल र कर्मचारी संघका अध्यक्ष हरी बहादुर खड्काले पनि सम्मानले कर्मचारीहरूमा ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानमा विविध कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ।
प्रतिक्रिया