Logo

समाचार

जनमत पार्टी निकट ‘प्रेस जनमत संघ’को अध्यक्षमा झा



काठमाडौं । डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले आफू निकट पत्रकारहरुलाई संगठित गर्दै अवधेशकुमार झा को नेतृत्वमा ‘प्रेस जनमत संघ’ गठन गरेको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णयानुसार सप्तरीका अवधेशकुमार झाको नेतत्वमा ‘प्रेस जनमत संघ’ तदर्थ समितिको घोषणा गरेको हो ।

प्रेस जनमत संघ जनमत पार्टीको शुभेच्छुक संगठनको रुपमा रहनेछ । साथै संघको जिल्ला र प्रादेशिक समितिहरु पनि क्रमशः गठन गरिने जनाइएको छ ।

जनमत पार्टीको केन्द्रीय सचिवालयको निर्णय अनुसार संघीयता, लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पत्रकारहरु सम्मिलित प्रेस जनमत संघको २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको हो ।

नवगठित प्रेस संघमा रामनारायण विश्वास सहअध्यक्ष चयन भएका छन् भने ललनकुमार मण्डल सचिवमा चुनिएका छन् ।

यस्तो समिति

१. श्री अवधेशकुमार झाः अध्यक्ष

२.श्री रामनारायण विश्वासः सहअध्यक्ष

३. श्री ललनकुमार मण्डल :सचिव

४. श्री जितेन्द्र खड्गा:केन्द्रीय सदस्य

५. श्री मनोज मरबैता: केन्द्रीय सदस्य

६. श्री बिजयकुमार साह: केन्द्रीय सदस्य

७. श्री सुमित मिश्र: केन्द्रीय सदस्य

 ८. श्री अनिल पाण्डे: केन्द्रीय सदस्य

 ९. श्री केशव लुइँटेल: केन्द्रीय सदस्य

१०. श्री शम्भु पण्डित: केन्द्रीय सदस्य

 ११. श्री शेख मोजिबुल्लाह:केन्द्रीय सदस्य

१२. श्री मुना ठाकुर: केन्द्रीय सदस्य

१३. श्री संजय यादव: केन्द्रीय सदस्य

१४. श्री श्यामल कुमार गिरी: केन्द्रीय सदस्य

१५. बिजेन्द्रकुमार चौधरी: केन्द्रीय सदस्य

१६. श्री विरेन्द्रकुमार साह: केन्द्रीय सदस्य

१७. श्री चन्दन रजक: केन्द्रीय सदस्य

१८. श्री चन्दन रौनियार: केन्द्रीय सदस्य

 १९. श्री भोगेन्द्र साह:केन्द्रीय सदस्य

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ३ : ४० बजे