दोलखा । प्रभु बैंक लिमिटेड र जिरीस्थित होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा कोठा बुकिङमा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने छन्।
होटल यार्शा जिरी नगरपालिकामा अवस्थित एक प्रतिष्ठित होटल हो। सम्झौता जिरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको बैंकले जनाएको छ। सगरमाथा पदमार्गको प्रवेशद्वारको रूपमा चिनिने जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रख्यात गन्तव्य हो।
सम्झौताबाट ग्राहकहरूले गुणस्तरीय सेवा सुलभ मूल्यमा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ। साथै, यो सहकार्यले स्थानीय पर्यटन क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया