नुवाकोट । विश्व वातावरण दिवसका अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवास्थित महालक्ष्मी मन्दिर आसपासको क्षेत्रमा वृक्षारोपण गरेको छ ।
विश्व वातावरण दिवस २०२५ तथा बैंकले घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत ‘एक खाता वरावर एक रुख’ रोप्ने प्रतिवद्धता अनुसार वृक्षारोपण गरेको हो ।
कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष उज्वल सत्यालले वातावरण संरक्षणप्रति सचेत रहँदै विभिन्न गतिविधी सञ्चालन गर्ने क्रममा यस वर्ष वृक्षारोपण गरिएको र यसबाट स्थानीय नागरिकलाई वातावरण संरक्षणमा लाग्न प्रेरणा मिल्ने बताए ।
यस्तै, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले वृक्षारोपण कार्यको सरहाना गर्दै वातावरण संरक्षणमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंक वातावरण संरक्षणप्रति सँधै सचेत रहेको भन्दै यसअघि साइकल ¥याली जस्ता कार्यक्रममार्फत वातावरण जोगाउने अभियानको अग्रसरता लिने गरेको स्मरण गर्दै यसपटक वृक्षारोपण गरिएको उल्लेख गरे ।
आम नागरिकको विश्वास र भरोसाका कारण बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको बैंकले जनाएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त पनि गरेको छ ।
कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालक समितिका अध्यक्ष उज्वल सत्याल, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रंजित मास्के, ककनी गाउँपालिकाका अध्यक्ष तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष पदम बहादुर श्रेष्ठलगायत सहभागी थिए । कार्यक्रममा स्थानीय विद्यार्थी र वडावासीले सक्रिय सहभागिता जनाएका थिए ।
प्रतिक्रिया