काठमाडौं । बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइएको छ ।
रातो मछिन्द्रनाथको मुर्ति १० वर्षपछि बुंगमतीस्थित मन्दिरमा विराजमान गराएको चारौं दिनमा आज बुधबार बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइएको हो ।
गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माणगरी भोटो जात्राको दिन मच्छिन्द्रनाथलाई बुङ्गमति मन्दिरभित्र विराजमान गरिएको थियो ।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना भएकोमा स्थानीयहरू खुसी देखिएका छन् ।
प्रतिक्रिया