एजेन्सी । संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकाले धेरै भेदभावपूर्ण प्रतिवन्दहरु लगाएको चीनको आरोप छ ।
मन्त्रालयका प्रवक्ताका अनुसार एआई चिप निर्यात नियन्त्रणमा मार्गदर्शन जारी गर्ने, चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गर्ने जस्ता विभेदपूर्ण निर्णयहरु गरेको छ । जनवरी १७ मा दुई राष्ट्रप्रमुखहरू बीच भएको फोन वार्तामा भएको सहमतिको गम्भीर उल्लङ्घन चीनको भनाइ छ । चीनको वैधानिक अधिकार र हितलाई गम्भीर रूपमा हानि पु¥याएको प्रवक्ताको भनाइ छ ।
संयुक्त राज्य अमेरिकाले एकतर्फी र बारम्बार नयाँ आर्थिक र व्यापारिक नीतिहरु अघि बढाएकाले द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरतालाई बढाएको चीनको भनाइ छ ।
‘आफ्ना निर्णय र क्रियाकलापहरुमा विचार गर्नुको सट्टा, अमेरिकाले चीनलाई सहमति उल्लङ्घन गरेको आधारहीन आरोप लगाएको छ । चीनले यी अनुचित आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछ,’ प्रवक्ताले भने ।
चीनले जेनेभा वार्तामा भएको सहमतिलाई गम्भीरतापूर्वक लिएर, यसलाई कडाइका साथ कार्यान्वयन गर्दै र सक्रिय रूपमा समर्थन गर्दै जिम्मेवार ढंगले काम गरेको दाबी समेत गरेको छ । (सीसीटीभीप्लस)
प्रतिक्रिया