एजेन्सी । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको युटियान काउन्टीमा गुलाब फुलको व्यवसायले स्थानीय अर्थतन्त्रमा सघाउ पुर्याएको व्यवसायीहरुको भनाइ छ ।
ताक्लिमाकन मरुभूमिको दक्षिणी किनारमा अवस्थित काउन्टी(क्षेत्र)मा प्रशस्त घाम र दिन–रातको तापक्रम रङ्गीचङ्गी फूलहरू खेती गर्नको उपयुक्त मानिन्छ ।

मौसम अनुसार गुलाबको थोक बजार क्षेत्रमा बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म चहलपहल हुने गर्छ । दैनिक व्यापारिक मात्रा लगभग ३० टन पुग्ने गरेको छ ।
‘यस वर्षको गुलाब बजार फस्टाइरहेको छ । मूल्यहरू अघिल्ला वर्षहरू भन्दा बढी छन्,’ गुलाब व्यापार बजारका प्रमुख वु जुलियाङले भने ।
‘मैले गुलाब बिक्रीबाट पहिले नै १,३०० अमेरिकी डलरभन्दा बढी कमाइसकेको छु र मेरो गुलाबको खेत लगभग ०.३ हेक्टरले विस्तार गर्ने योजनामा छु,’ एक किसानले भने ।

काउन्टीमा २,००० भन्दा बढी गुलाब खेती गर्ने घरपरिवारहरू छन्, साथै गुलाबले भरिएको वस्तुहरू उत्पादन गर्ने तीन सहकारीहरू रहेका छन् ।
उक्त क्षेत्रमा कृषि गर्ने, गुलाब खरिद गर्र्दैे मात्र नभइ गुलाबले जीवन्त फूलहरूको दृश्य र सुगन्ध अनुभव धेरै भन्दा धेरै पर्यटकहरूलाई आकर्षित हुने गरेका छन् । (सीसीटीभीप्लस)

प्रतिक्रिया