Logo

मुख्य समाचार

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ



काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२÷८३ को वजेटका बारेमा ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते विहिबार वजेट ल्याउँदै छ ।

सोही  वजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ११ : २५ बजे