Logo

समाचार

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण



काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् ।

गभर्नर पौडेल नेपालको १८औं गभर्नरका रूपमा केन्द्रीय बैंकको कार्यालय पुगेका हुन् । उनलाई गभर्नर सिफारिस समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १ : ०१ बजे