काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्व पौडेल नियुक्त हुने पक्का भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा भएको बैठकमा पौडेलको नाममा सहमति जुटेको हो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार गभर्नर कसको भागमा पर्ने भन्नेमा विवाद नभए पनि नाम चयनमा विभिन्न विकल्पहरू प्रस्तुत भएका थिए। अन्ततः पौडेलको नाममा सहमति जुटेको स्रोतले जनाएको छ।
सरकारले आजै मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेका लागि बोलाएको छ। गभर्नर नियुक्तिको सिफारिस गर्नुअघि सिफारिस समितिको बैठक बस्ने कार्यक्रम रहेको छ। उक्त बैठकपछि पौडेललाई गभर्नर नियुक्त गर्ने सम्भावना छ।
डा. पौडेल पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अर्थशास्त्री हुन्।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया