काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि तय गरिएको प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली आजको बैठकमा सहभागी नहुने जानकारी दिएका हुन्।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो, जहाँ प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न राख्ने कार्यक्रम तय भएको थियो। स्वास्थ्य अवस्था राम्रो नरहेको भन्दै प्रधानमन्त्री बैठकमा अनुपस्थित हुने जानकारीसहित प्रश्नोत्तर कार्यक्रम अर्को मितिमा सारिएको छ।
कार्यक्रमको नयाँ मिति आगामी बैठकमार्फत तय गरिने जनाइएको छ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया