Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंक र तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र चुच्चेपाटी, चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र आई सेन्टरकी प्रमुख कार्यकारी अधिकृत आस्था पन्तबीच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस गरिएका चश्मा, शल्यक्रिया तथा थेरापी सेवामा छुट पाउनेछन्।

सम्झौतापछि प्रमुख कार्यकारी पन्तले यस सहकार्यले आई सेन्टरको सेवा विस्तारमा टेवा पुर्‍याउने र accessible health service प्रदान गर्ने संस्थाको लक्ष्यलाई अझ मजबुत बनाउने बताइन्। त्यस्तै, प्रमुख मार्केटिङ अधिकृत पोखरेलले यस साझेदारीले ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउनुका साथै बैंकको डिजिटल सेवाको प्रयोग बढ्ने विश्वास व्यक्त गरे।

ग्लोबल आइएमई बैंक हाल मुलुकभर ७७ वटै जिल्लामा ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, कोरिया, जापान, साउदी अरब, कतार, यूएईलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक हालसालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरोमनीको ‘अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालको उत्कृष्ट बैंकको रूपमा सम्मानित भएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ८ : ३४ बजे