Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस प्रमाणीकरणमा सफल, कार्ड प्रयोगकर्ताको डाटा अझ सुरक्षित



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षालाई थप मजबुत बनाउन अन्तर्राष्ट्रियस्तरको पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टान्डर्ड (PCI-DSS) प्रमाणीकरण प्राप्त गरेको छ।

नेटवर्क इन्टेलिजेन्स नामक संस्था मार्फत गरिएका मूल्याङ्कनपछि बैंकले उक्त प्रमाणीकरण पाएको हो। नेटवर्क इन्टेलिजेन्स, पीसीआई सेक्युरिटी स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (QSA) हो, जसले कार्ड सुरक्षासम्बन्धी मूल्याङ्कन गर्छ।

बैंकका अनुसार यो प्रमाणीकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित रहेको स्पष्ट प्रमाण दिन्छ। बैंकले प्रणालीगत तथा संस्थागत रूपमा आवश्यक सुरक्षा डिजाइन तथा कार्यान्वयनमार्फत डाटा सुरक्षामा विशेष ध्यान दिएको जनाएको छ।

ग्लोबल आइएमई बैंकले हाल देशभरका ७७ वटै जिल्लामा ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

बैंकले युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, खाडी मुलुकहरू लगायतका देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

हालै बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा “नेपालको सर्वश्रेष्ठ बैंक” को उपाधि पनि प्राप्त गरिसकेको छ।

डाटा सुरक्षामा निरन्तर प्रतिबद्धता जनाउँदै आएको बैंकले पीसीआई–डीएसएस प्रमाणीकरणमार्फत ग्राहक विश्वासलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ६ : ५७ बजे