एजेन्सी । इजरायलको महिनौं लामो नाकाबन्दीका कारण गाजापट्टीमा मानवीय संकट बढ्दै गएको छ । धेरै परिवारहरू दैनिक भोकमरीको सामना गरिरहेका छन् ।
हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्यपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेशमा रोक लगाएको थियो। मार्च १८ मा उसले गाजामा पुनः आक्रमण सुरु गरेको थियो।
खाना, आपूर्ति र राहतको कुनै सम्भावना नहुँदा गाजाका बासिन्दाहरू बाँच्नको लागि अथक संघर्ष गरिरहेका छन्।
‘४०० ग्रामको पीठोको झोला–यसले के गर्न सक्छ ? यसले आठ वा नौ टुक्रा रोटी बनाउँछ । दिनको एक छाक मात्र। हा