काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दिपक बोहराको निधनले पार्टी, देश र आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन् ।
राप्रपाका संस्थापक, पूर्वमन्त्री, वरिष्ठ नेता दिपक बोहराको ४५औं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनका अधुरा सपना र जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्ने बताए ।
उनले भने, ‘म वरिष्ठ नेता दिपक बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । उहाँको निधनपछि राप्रपाले धेरै ठूलो क्षति भोग्नु परेको छ । उहाँलाई सँधै सम्झने छौ । उहाँको निधनले पार्टी, देश र हाम्रो आन्दोलनलाई ठूलो क्षति भएको छ तर क्षतिलाई शक्तिका रुपमा लिए अगाडि बढ्नेछौ । अब उहाँका बाँकी सपना र जिम्मेवारीसबै मिलेर पूरा गर्नुपर्छ ।’
सोही क्रममा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पनि स्व.बोहराको आत्माको शान्तिको कामना गरेका छन् ।
प्रतिक्रिया