Logo

समाचार

पूर्वप्रधानमन्त्री माधव नेपालको स्वास्थ्यमा सुधार


२६ बैशाख २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ। मुटुमा समस्या देखिएपछि उनलाई बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार नेपालको एन्जिओप्लास्टी गरिएको हो। मुटुको उपचारपछि चिकित्सकले उनलाई केही दिन आरामसहित निगरानीमा राख्न सल्लाह दिएका छन्। हाल उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।

स्वास्थ्यको संवेदनशीलता ध्यानमा राख्दै अस्पताल परिसरमा भेटघाट निषेध गरिएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ०३ बजे