Logo

अर्थ

सुनको मूल्य घट्यो


२६ बैशाख २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।

बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ४८ बजे