काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशको “सरकारी कामकाजको भाषा सम्बन्धी दिवस” को अवसरमा वैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारले सोमबार सूचना जारी गर्दै उक्त दिन प्रदेशभरिका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शिक्षण संस्थाहरू बन्द रहने जानकारी दिएको हो। सरकारी कामकाजमा नेपाली भाषा प्रयोगलाई प्रोत्साहन गर्न २०७५ सालदेखि हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।
प्रदेश सरकारका अनुसार भाषा सम्बन्धी दिवसले प्रशासनिक पारदर्शिता र जनतासँगको संवाद सुदृढ बनाउने उद्देश्य राखेको छ। सार्वजनिक विदाको निर्णयसँगै विभिन्न कार्यक्रमहरू पनि आयोजना हुने जनाइएको छ।

प्रतिक्रिया