Logo

समाचार

दुर्गा प्रसाईंको उपचार गर्न अदालतको आदेश, तारेखमा रिहा भने अस्वीकार



काठमाडौं । क्यान्सर पीडित दुर्गा प्रसाईंको उपचारको व्यवस्था गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका प्रसाईंका सम्बन्धमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यस्तो आदेश दिएको हो।

प्रसाईंले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै तारेख वा हाजिर जमानीमा रिहा गराउन अदालतमा निवेदन दिएका थिए। तर, अदालतले उनीमाथि ज्यानसम्बन्धी कसुरमा बयान दिन बाँकी रहेको जनाउँदै तत्काल तारेखमा छोड्न नमिल्ने निर्णय गरेको छ।

यसअघि पनि अदालतले उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको भए पनि उनी अझै हिरासतमा रहेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ४२ बजे