Logo

अर्थ

नेपाल विद्युत प्राधिकरण (नेविप्र) ५ अर्ब २६ करोड घाटामा



काठमाडौँ । नेपाल विद्युत प्राधिकरण अहिले ५ अर्ब २६ करोड रुपैयाँ घाटामा गएको बताइएको छ। शुक्रबार एक पत्रकार सम्मेलनमार्फत कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो जानकारी दिएका हुन्।

उनका अनुसार, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरणले ९ अर्ब ४८ करोड रुपैयाँ नाफा देखाएको थियो। तर, लेखा नियमअनुसार गरिएको ह्रासकट्टी र अन्य समायोजनपछि घाटा देखिएको हो।

शाक्यले प्राधिकरणको कुल ऋण ३ खर्ब ८५ अर्ब रुपैयाँ रहेको बताए। यो ऋण सरकार र विदेशी निकायहरूबाट लिइएको हो।

प्राधिकरणसँग अहिले आयोजनाहरूको भुक्तानी गर्न पर्याप्त नगद छैन। हालसम्मका ठेक्काका अनुसार ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी छ। तर, प्राधिकरणको केन्द्रीय कोषमा जम्मा १० अर्ब १० करोड रुपैयाँ छ, जसको धेरैजसो भाग धरौटी र मुद्दती खातामा छ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार, प्राधिकरणले ७ अर्ब १९ करोड रुपैयाँ खर्च लेखापालन गरेको छैन। साथै, पूर्वप्रमुख कुलमान घिसिङको कार्यकालमा ४ अर्ब ७२ करोड आम्दानी बढी देखाइएको दाबी गरिएको छ।

श्वेतपत्रमार्फत प्राधिकरणको आर्थिक अवस्था र जिम्मेवारीको पारदर्शिता देखाउन खोजिएको शाक्यले बताए।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ८ : ०४ बजे