काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘नीति कार्यक्रम समग्रमा ठिकठाकै छ । तर यसलाई अझ परिवर्तन गर्न सकिन्थ्यो । केही बोल्ड कुराहरु परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपथ्र्यो, त्यसो हुन सकेन केही कमी छ, तर समग्रमा ठीक छ । मुलुभुत रुपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ ।’
साथै उनले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रमा जसरी आउनुपर्ने हो, त्यसरी कार्यक्रम नआएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने त्यो हुन नसकेको बताए ।
उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने थियो त्यो हुन सकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रुपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । योभन्दा एक कदम अघी बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’
प्रतिक्रिया