काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले श्रमिकहरु समृद्ध राष्ट्र निर्माणका आधार भएको बताएका छन् ।
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदैँ बस्नेतले मानसिक र शारीरिक श्रम गर्ने श्रमिकको श्रम, सिप, ज्ञान र क्षमताले समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन् ।
श्रमिकहरुको राजनीतिक, आर्थिक, सामाजिक अधिकार स्थापित गर्नका लागि समाजवादी आन्दोलनलाई अगाडि बढाउन श्रमिकहरुको एकता आज पनि उत्तिकै अपरिहार्य रहेको बस्नेतले बताए ।
नेपालको श्रमिक आन्दोलनको इतिहास धेरै लामो नभएपनि मुलुकमा भएका आन्दोलन, विद्रोह र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक परिवर्तन र उपलब्धीमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
श्रमिकहरुको पेसागत मर्यादा र सम्मान तथा हक अधिकार स्थापित भएको दिनको सम्झनाका रुपमा मनाइने यस दिवसको विशेष महत्व रहेको उनको भनाइ छ ।
प्रतिक्रिया