Logo

अर्थ

सुनको मूल्य घट्यो


१२ बैशाख २०८२, शुक्रबार  

161
Shares

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रू एक हजार घटेको हो ।

बिहीवार प्रतितोला रू १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज रू १ लाख ८९ हजार ६ सय कायम भएको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब तीन हजार तीन सय २५ अमेरिकी डलर कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : १५ बजे