काठमाडौं । निजामती विधेयकमाथि मूल समितिमा छलफल सुरु भएको छ ।
संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेश गरेपछि छलफल प्रक्रिया अघि बढाइएको हो ।
नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूको नेतृत्वमा बनेको उपसमितिले गत चैत २० गते प्रतिवेदन मूल समितिमा बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल थालेको हो ।
उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अघि नबढेको भन्दै कर्मचारीहरू सार्वजनिक रूपमा प्रश्न उठाउन थालेपछि समितिले छलफल अघि बढाएको हो ।
संसदीय समितिमा विधेयकमाथि छलफल भइरहँदा बाहिर निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले धर्ना दिएका छन् ।
५ बैशाख २०८२, शुक्रबार
46
Shares
प्रतिक्रिया