Logo

समाचार

नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत



काठमाडौं । विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् ।

विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए । देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् ।

उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समुह समेत रहेको बताइएको छ । उनले  पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् । त्यस्तै  शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाको कथावाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : ३५ बजे