Logo

समाचार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जानकारी दिएको छ।

निगमका अनुसार भारतबाट आयात हुने इन्धनको मूल्यमा घटबढ भएकाले नेपालमा पनि त्यसअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब उपभोक्ताहरूले पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ सस्तोमा खरिद गर्न सक्नेछन्।

निगमले नियमित रूपमा अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य परिवर्तनअनुसार समायोजन गर्दै आएको छ। यसले उपभोक्तालाई राहत दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ०३ बजे