काठमाडौं । श्रीनृसिंहजात्रा व्यवस्थापन समितिको श्रीनृसिंह माहात्म्य (श्रीनृसिंह सूक्त) पुस्तक र श्रीनृसिंहजात्रा स्मारिका–२०८१ विमोचन गरिएको छ । शनिवार हनुमान जयन्तिको अवसरमा उप–प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त पुस्तकहरूको विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्ता कार्यक्रमहरुले धर्म सस्कृतिलाई जोगाउन सहयोग हुने बताएका छन् । उनले सस्कृति हस्तान्तरण प्रक्रिया निरन्तर चलिरहनुपर्ने पनि बताए । उनले भने, ‘हाम्रो सस्कृतिलाई जिवन्त राख्नको लागि यस्ता कार्यक्रमहरुले टेवा पुर्याउँछ । हाम्रा धर्म सस्कृति, रितिरिवाज जोगाउन र पुराना पुस्ताबाट असल अभ्यासहरु, मूल्यमान्यताहरु नयाँ पिढीलाई दिनुपर्छ । सस्कृति निरन्तरता हुनुपर्ने भएकाले पनि यस्ता कार्यक्रमहरुले रुचि हुने नयाँ पिढीमा सहयोग हुनेछ ।’
कार्यक्रममा उपाकर्म गुठी ललितपुर अन्तर्गत स्थापना भएको श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले विभिन्न व्यक्तित्वहरूको सम्मान पनि गरेका छन् । उक्त कार्यक्रममा समितिले श्रीनृसिंह अनुसन्धान परियोजनामा खर्च भएको रकम अनुसन्धान निर्देशक डा.नूतनधर शर्मा लगायतका अनुसन्धान समितिका सदस्यहरूलाई प्रदान गरिएको छ भने वि.सं. २०८१ सालमा भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा आयोजना भएको श्रीनृसिंहजात्राका पालोवालाका प्रतिनिधिलाई समितिले विभिन्न संघ–संस्थाहरूवाट सङ्कलन गरेको सहयोग रकम समेत प्रदान गरिएको छ ।
प्रतिक्रिया