Logo

राजनीति

जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रंजन यादव निर्वाचित


२९ चैत्र २०८१, शुक्रबार  

92
Shares

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राजीव रंजन यादव निर्वाचित भएका छन् ।

पूर्व मेयर समेत रहेका यादवले आफ्नो प्रतिद्वन्दी पूर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादव भन्दा ६६ मत बढि ल्याएका थिए । उनले १९६ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी श्याम विहारी  १३० मत ल्याएका हुन् ।

निर्वाचन अधिकृत नागेन्द्र प्रसाद पटेलका अनुसार उपाध्यक्षद्वयमा पारस भण्डारी र अमरुल हक  बिजयी भएका छन् । दुई जना उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन । जसपा नेपाल रौतहटको सचिवमा  शम्भू प्रसाद यादव र सह सचिवमा दीपेन्द्र पटेल  र उपेन्द्र राय निर्वाचित भएका छन् । पार्टीको कोषाध्यक्षमा बृज मोहन साह निर्वाचित भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटले जनाएको छ ।

जसपा नेपाल रौतहटका नव निर्वाचित अध्यक्ष यादवले आफू संगठन बलियो बनाउन सक्रिय भुमिका निर्वाह गर्ने बताए ।

यस अघि पार्टीमा भएका कमि कमजोरीलाई सच्चाएर अगाडि बढने उनको तर्क छ । जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता संख्या ३ सय ४३ रहेकोमा ३ सय २९ जनाले  मतदान गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ३९ बजे