Logo

मुख्य समाचार

आजकाे राशिफल


२९ चैत्र २०८१, शुक्रबार  

138
Shares

मेष
व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा केही फजुल खर्च बढ्न सक्छ। लगानी गर्नुपरे पनि काम थाल्न समय लाग्नेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला।

वृष
जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ।

मिथुन
सप्ताहान्तमा केही उतारचढाव आउलान्। परिस्थितिले समयको महत्त्वबोध गराउनेछ। घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। योजनाहरू गोप्य राख्नुहोला।

कर्कट
अनुभवले ज्ञान बढ्नेछ भने मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अरूलाई उछिन्ने समय छ। पेसा, व्यापार र उद्योगमा फाइदा हुनेछ।

सिंह
उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ भने मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ।

कन्या
सप्ताहान्तमा विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ढिलै भए पनि आँटेको काम बन्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ।

तुला
सप्ताहान्तमा भने खर्चिलो काम आँट्नाले धेरै रकम जोहो गर्नुपर्ने हुन सक्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिन सक्छन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

वृश्चिक
पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ। तर कामले खर्च बढाउनेछ भने लगानी अरूका हातमा जानाले आर्थिक समस्या पनि आइपर्न सक्छ।

धनु
रोकिएको काम बन्नाले नयाँ काम सुरु हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सप्ताहान्तमा केही अवरोध सामना गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्न सफल भइनेछ।

मकर
अरूको स्वार्थमा उपयोग भइनेछ। सप्ताहान्तमा पुनः स्थिति अनुकूल बन्नेछ। कर्मयोगले भविष्यप्रति आशा जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनाले नयाँ अवसर प्राप्त हुनेछ। नाम र दाम पनि हातलागी हुनेछ।

कुम्भ
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर विवादास्पद कामले केही चुनौती निम्त्याउने देखिन्छ। सप्ताहान्तमा परिस्थिति प्रतिकूल बन्नाले काम रोकिन सक्छ। स्वास्थ्य कमजोर हुनेछ भने अर्थ अभावले सताउन सक्छ।

मीन
प्रतिस्पर्धीहरू कमजोर बन्नेछन्। सप्ताहान्तमा भने केही खर्चिला काम गर्नुपर्ने हुन सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। परिस्थिति र सोखले खर्च बढाउनेछ। आफ्नो उपलब्धि अरूलाई सुम्पनुपर्ला।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : ३३ बजे