काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी वैशाख ७ गतेदेखि २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छ । जसमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत लगानीकर्ताहरूसँग र १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिने जानकारी बैंकले दिएको छ।
सर्वसाधारणको लागि बिक्री हुने ऋणपत्रमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ। प्रति कित्ताको अंकित मूल्य १००० रुपैयाँ हुनेछ र न्यूनतम २५ कित्ता आवेदन दिन सकिने छ। अधिकतम संख्या भने आवेदन दिने व्यक्तिको आवश्यकता अनुसार हुनेछ।
यस ऋणपत्रमा ७ वर्षको अवधिमा वार्षिक ७ प्रतिशत ब्याज प्रदान गरिनेछ, जसले लगानीकर्तालाई आकर्षक ब्याज लाभ सुनिश्चित गर्दछ।
प्रतिक्रिया