Logo

Breaking News 1

त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज



काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदै छ । यसअघि स्थगित भएको निर्वाच मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी, कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ९ : ०१ बजे