काठमाडौं । पियोर इनर्जीले आगामी चैत्र २८ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल ११ लाख ९५ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई उपलब्ध गराउने जनाएको छ। यस आईपीओमा आवेदन दिनको लागि मिति २०८२ वैशाख २ गतेसम्मको समयावधि राखिएको छ।
न्युनतम १० कित्तासम्म र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ। यसअघि पियोर इनर्जीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि शेयर वितरण गरेको थियो।
कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ, जसको ८० प्रतिशत संस्थापकको स्वामित्वमा रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो र यसले बाँके जिल्लामा १० मेगावाटको दुई सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि ब्यापारिक उत्पादन सुरु गरेका छन्। पियोर इनर्जी हालसम्म २० मेगावाट क्षमता सहित सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनीको रुपमा परिचित छ।
प्रतिक्रिया